चितवन, ३१ असार।जिल्लामा पछिल्लो समय कोरोना सङ्क्रमण बढ्दै गएको छ । पिसिआर र एन्टिजेन परीक्षणका क्रममा कोरोना सङ्क्रमण पुष्टि हुन थालेको हो । स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार बिहीबार साँझसम्म जिल्लामा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या नौ रहेको छ । असार अन्तिम सातादेखि जिल्लामा कोरोना सङ्क्रमण देखिन थालेको उहाँले जानकारी दिनुभयो । फागुन अन्तिम सातादेखि शून्यमा झरेको कोरोना सङ्क्रमण असार अन्तिममा आएर फेरी देखापर्न थालेको हो ।
कोरोना सङ्क्रमण देखिएसँगै स्वास्थ्य कार्यालयले सावधानीका उपाय अवलम्बन गर्दै कार्यक्रममा सहभागी हुन अनुरोध गरेकोे अधिकृत ढकालले जानकारी दिनुभयो । कार्यालयका निमित्त प्रमुख राम केसीका अनुसार जिल्लामा अहिले देखिएका कोरोना सङ्क्रमितमध्ये आठजना होम आइसोलेसनमा छन् भने एकजना अस्पतालमा उपचाररत छन् । सामाजिक दूरी कायम राख्ने, मास्क नियमित प्रयोग गर्ने, नियमित साबुनपानीले हात धुने, कोभिडविरुद्धको खोप लगाउनेजस्ता कार्य गर्न उहाँले अनुरोध गर्नुभयो ।
जिल्लामा हालसम्म ३३ हजार ५६३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कोभिड–१९ विरुद्धको खोपको पहिलो मात्रा पाँच लाख ३९ हजार ५१४ जनाले लगाएका छन् भने दोस्रो मात्रा खोप चार लाख ५८ हजार ११८ जनाले र बुष्टर डोज एक लाख ९१ हजार ६८५ जनाले लगाएको कार्यालयले जनाएको छ ।रासस
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ