सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

श्रीलङ्कामा आज नयाँ राष्ट्रपति चयन हुँदै

प्रकाशित समय: बुधवार, १० : ०४ बजे श्रावण ४ गते



श्रीलङ्कामा आज नयाँ राष्ट्रपति चयन हुँदै

काठमाडौं ।श्रीलङ्कामा आज नयाँ राष्ट्रपति चयन हुँदैछ । त्यसको लागि संसद्मा मतदानको तयारी भइरहेको स्थानीय संचार माध्यमलाई उदृत गर्दै अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् ।

 

आज हुने निर्वाचनका लागि तीन जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । गोटाबाया राजापाक्षेले पदबाट राजीनामा दिएपछि नयाँ नेतृत्व चयनका लागि मतदान हुन लागेको हो । राजापाक्षेको स्थानमा आउने नयाँ राष्ट्रपतिले देशमा जारी सङ्कट समाधानमा महत्वपूर्ण पहल गर्ने विश्वास गरिएको छ । श्रीलङ्काका २ करोड २० लाख मानिस खाद्यान्न, औषधिजस्ता अत्यावश्यक सेवाको अभाव झेलिरहेका छन् ।

 

आर्थिक सङ्कटका कारण महिनौंदेखिको प्रदर्शन चर्किएपछि राजापाक्षे देश छाडेर माल्दिभ्स हुँदै सिंगापुर पुग्नुभएको छ । तर सिङ्गापुर सरकारले राजापाक्षेलाई तत्काल आफ्नो देश छाड्न निर्देशन दिइसकेको छ ।