सिन्धुपाल्चोक,विजयादशमीको अवसर पारेर इन्द्रावती गाउँपालिकाले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गर्यो।
दिगो विकास र सुशासनको लहर इन्द्रावती गाउँपालिकाको रहर भन्ने अभियानका साथ गरिएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा नेपाली कांग्रेस सिन्धुपाल्चोकका जिल्ला सभापति विकास लामाले बिछोडिएर रहेको परिवार वर्षौपछि जम्काभेट हुने अवसर बिजयादशमीले जुराएको भन्दै सम्पूर्ण नेपालीको परिवारमा खुशी छाओस भनि शुभकामना दिए।
कार्यक्रमका प्रमुख अतिथी समेत रहेका सभापति लामाले नेपालीहरुले आफ्नो इच्छाअनुसार मनाइने चाड नराम्रो हुन नहुने बताउँदै हर्षोल्लासपूर्वक दशैं मनाउन गाउँपालिका बासीलाई शुभकामना दिए।
कार्यक्रमका बिशेष अतिथि प्रदेश नम्बर २ का उम्मेदवार रहेका विकास तामाङले यस गाउँपालिकालाई जिल्लाकै नमूना गाउपालिका बनाउन आमनागरिक सँग सहकार्य गरी आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे ।
गाउँपालिकाका प्रशासकीय अधिकृत विनोद रोक्काले कर्मचारी कम र कार्यभार धेरै रहेकाले काम गर्न असहज बनेको बताए।
कार्यक्रममा गाउँपालिकाका प्रमुख बंशलाल तामाङले राज्यले स्थानीय तहको लागि आवश्यक नीति नबनाउँदा गाउँपालिकालाई समृद्ध बनाउन कठिनाई भएको बताए।
उनले विषयगत कार्यालयहरु विस्तार गर्न चुनौती रहेको बताउँदै संघीय सरकारले स्थानीय सरकार सञ्चालनका लागि कर्मचारी व्यवस्थापन, नीतिनियम बलियो अनि फराकिलो बनाउनुपर्नेमा जोड दिए।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ