सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

गुल्मीमा ११ वर्षीया बालिका बलात्कृत

प्रकाशित समय: बुधवार, ०१ : ०५ बजे श्रावण ११ गते



गुल्मीमा ११ वर्षीया बालिका बलात्कृत

गुल्मी, ११ साउन।गुल्मीमा ११ वर्षीया बालिका बलात्कृत भएकी छन् ।

 

ती बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले इस्मा गाउँपालिका–४ कुबिन्डे बस्ने ४० वर्षीय भुपाल अधिकारीलाई मंगलबार राति पक्राउ गरेको छ ।अधिकारीले ती बालिकालाई ललाई फकाई सोही ठाउँस्थित खरबारीमा लगि बलात्कार गरेको प्रहरीले जनाएको छ ।

 

बलात्कारको खबर प्राप्त हुनासाथ प्रहरी चौकी इस्माबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।