लमजुङ, २५ साउन।विद्यार्थी र शिक्षकमा रुघाखोकी र ज्वरो देखिएपछि बेंसीशहर नगरपालिका–७ को जनविकास मावि र युनिर्भसल एकेडेमी बन्द गरिएको छ ।
जनविकास माविका प्रधानाध्यापक रत्नमान श्रेष्ठका अनुसार डेढ सयभन्दा बढी बिरामीमा रुघाखोकी र ज्वरोको समस्या देखिएको छ । विद्यालय आएका ५० भन्दा बढी विद्यार्थीमा समस्या देखिएको र एक सय बढी विद्यार्थी बिरामीका कारण विद्यालयमा उपस्थित हुन नसकेपछि बुधबार र बिहीबार विद्यालय बन्द गरिएको उनले बताए । शुक्रबार र शनिबार बिदा नै छ । ‘चार दिन हेरौं,’ उनले भने । जनविकासमा एक हजार दुई सय विद्यार्थी पढ्छन् ।
युनिर्भसल एकेडेमीका प्रिन्सिपल विमल अधिकारीका अनुसार तल्लो तहका विद्यार्थीमा रुघाखोकी र ज्वरोको समस्या बढी देखिएपछि विद्यालय बन्द गरिएको हाे । नर्सरीदेखि ५ कक्षासम्मका ५० जना विद्यार्थीमा समस्या देखिएकाे छ । उनका अनुसार नर्सरीदेखि कक्षा पाँचसम्म सय पाँच सय विद्यार्थी छन् । ६ देखि माथिका विद्यार्थीमा भने समस्या नदेखिएको उनले बताए ।
बेँसीशहर नगरपालिका शिक्षा शाखा प्रमुख उपसचिव किसानराज चिलुवालले विद्यार्थीमा स्वास्थ्य समस्या देखिएपछि जनविकास मावि बेंसीशहर र युनिभर्सल एकेडेमीको पाँच कक्षासम्म बन्द गरिएको बताए ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ