सत्य, निष्पक्ष र खोजमुलक समाचार
शुक्रवार, ११ बैशाख २०८३ / Friday, 24 April 2026

भारतीय दूतावासले मनायो ७६औं स्वतन्त्रता दिवस

प्रकाशित समय: सोमवार, ०४ : ५५ बजे श्रावण ३० गते



भारतीय दूतावासले मनायो ७६औं स्वतन्त्रता दिवस

काठमाडौं, ३० साउन।काठमाडौंस्थित भारतीय दूतावासले आज एक कार्यक्रमको आयोजना गरी भारतको ७६औं स्वतन्त्रता दिवस मनाएको छ ।

 

भारत बेलायतबाट सन् १९४७ अगष्ट १५ का दिन स्वतन्त्र भएको थियो । त्यसपछि सोही दिन अर्थात अगष्ट १५ लाई भारतले आफ्नो स्वतन्त्रता दिवसको रुपमा मनाउँदै आएको छ ।दूतावासका काउन्सिलर प्रसन्न श्रीवास्तवले झण्डोत्तोलन गरेर कार्यक्रमको सुभारम्भ गरेका थिए । त्यसपछि उनले भारतका राष्ट्रपति द्रौपदी मुर्मूले स्वतन्त्रता दिवसको अवसरमा देशको नाममा गरेको सम्बोधन पढेर सुनाएका थिए ।

 

सन्देशमा राष्ट्रपतिले भारतको स्वतन्त्रताको लागि स्वतन्त्र सेनानीहरुले गरेको बलिदानको सम्झना गरेकी थिइन् ।