काभ्रे - नेपाली संस्कृतिको संरक्षण तथा विपन्न वर्गका विद्यार्थीहको सहयोगका लागि विद्यार्थीहरु नै सक्रिय बनेका छन् । पनौतीको सामुदायिक माध्यमिक विद्यालयमा कक्षा ९र १०मा पढने विद्यार्थीहरुले तिहारको अवसरमा द्यौसी भैलो मात्र खेलेनन् उनीहरुले संकलित रकमबाट अक्षय कोषको समेत स्थापना गरेका छन् ।
कार्तिक २१ र २२ गते २ दिन सम्म उनीहरुले द्यौसी भैलो कार्यक्रम संचालन गरेका थियो । विद्यालयको सेवा क्षेत्र भित्रका विभिन्न टोलमा द्यौसी भैलो कार्यक्रम संचालन गरिएको थियो ।
विद्यार्थीहरुले आयोजना गरेको कार्यक्रममा विद्यालयका शिक्षकहरु, अभिभावक लगायतले सहयोग गरेका थिए । द्यौसी भैलो बाट नगद १ लाख ४० हजार संकलन भएको विद्यालयका शिक्षक तथा कार्यक्रम संयोजक प्रविण दाहालले जानकारी दिए ।
उक्त रकमबाट अक्षय कोष स्थापना गरी विद्यालयमा पढने गरिब, अनाथ तथा जेहेन्दार विद्यार्थीहरुको पढाइमा सहयोग पुग्ने गरि छात्रा बृत्ति लगायतको सहयोग गरिने उनले जानकारी दिए ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ