सत्य, निष्पक्ष र खोजमुलक समाचार
बुधवार, ९ बैशाख २०८३ / Wednesday, 22 April 2026

हरिप्रसाद भुसाल बानको लुम्बिनी प्रदेश सचिवमा निर्वाचित

प्रकाशित समय: शुक्रवार, ०१ : ३१ बजे भदौ १० गते



  हरिप्रसाद भुसाल बानको लुम्बिनी प्रदेश सचिवमा निर्वाचित

अर्घाखाँची, १० भदाै।ब्रोडकाष्टिङ एशोशियसन नेपाल बानको लुम्विनी प्रदेश सचिवमा अर्घाखाँचीका सञ्चार उद्यमी हरिप्रसाद भुसाल निर्वाचित भएका छन् ।काठमाडाैँमा सम्पन्न बनको १८ औं साधारणसभा तथा सातौ अधिवेशनले भुसाललाई सर्वसम्मत रुपमा बानको लुम्विनी प्रदेश सचिवमा निर्वाचित गरेको हो ।


 
अर्घाखाँची सदरमुकाम सन्धिखर्कमा करिब १० वर्षदेखि रेडियो सन्चालन गरिरहेका भुसाल न्युज कारखानाका स्थानीय संवाददाता समेत हुन् । भुसाल नयाँ एफ.एम. ८७ दशमलव ६ मेगाहर्जका स्टेशन म्यानेजर तथा संचालक हुन् ।

 

लामो पत्रकारिताको अनुभव रहेका भुसालले प्रदेशमा रहेका रेडियोहरुको संस्थागत विकासका लागि आफुहरु प्रतिवद्ध रहेको बताए । विभिन्न सामाजिक गतिविधीमा सक्रिय भुसाल स्वतन्त्र पत्रकार संघ अर्घाखाँचीको संस्थापक अध्यक्षसमेत हुन् ।