महोत्तरी, १६ भदौ।नेपाली कांग्रेस महोत्तरीका सबै क्षेत्रमा आजै उम्मेदवार सिफारिस गरिने भएको छ । शुक्रबार बेलुका ५ बजेसम्म जिल्लाका चारैवटा क्षेत्रबाट प्रदेश र प्रतिनिधिसभाका उम्मेदवार बन्न चाहनेको सिफारिस गरिने कांग्रेस महोत्तरीको तयारी छ ।
कतिपय क्षेत्रमा बिहीबार बेलुका बसेको बैठकले उम्मेदवार तय गरे पनि निष्कर्षमा पुग्न नसकिएको जिल्ला सभापती नागेश्वर यादवले जानकारी दिए । ‘सबै विवाद सावधान भएपछि क्षेत्रबाट बेलुकासम्म उम्मेदवारको सिफारिस आइसक्छ,’ यादवले भने ।उनका अनुसार उम्मेदवार छनोटमा स्थानीय तह जस्तो सकस नबनेको र सहज ढंगले सकेसम्म सर्वसम्मतिमै हुनेछ । तर क्षेत्र नम्बर १ (क) मा भने कांग्रेसका नै बागी उम्मेदवारले जितेपछि चुनावी समीकरण फेरिएको छ ।
कांग्रेसबाटै बागी उम्मेदवार दिएका प्रल्हाद क्षेत्रीले बर्दिबास नगर प्रमुख जितेपछि जिल्लामा समीकरण नै परिवर्तन भएको हो । पार्टीले गरेको कारबाही फुकुवा गर्न नसक्दा क्षेत्रीसहित एक दर्जन नेताहरू चुनावमा उठ्नबाट प्रतिबन्धमा परेका छन् ।
आजै निर्वाचन क्षेत्र १ को पनि उम्मेदवार टुंग्याउन बैठक बसिरहेको छ । क्षेत्री पक्षले पनि आफ्नै गुट बनाएको स्रोतले बताएको छ । समर्थन गर्ने नेता नभए प्रल्हाद क्षेत्री पक्षले प्रदेशमा पनि आफ्नो उम्मेदवार उठाउने तयारी गरिरहेको एक नेताले जानकारी दिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ क्षेत्र नम्बर १ बाट कल्याण गुरुङ सिफारिस भएका छन्।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ