काठमाडौँ,अफगानिस्तानमा काम लगाइदिन्छु भन्दै करोडौं रकम हिनामिना गरेर रुपन्देहीका जिवलाल पोखरेल फरार भएका छन् । सुरक्षा गार्डमा काममा लगाइदिन्छु भन्दै पोखरेलले ४० युवाहरुबाट १ करोड ५० लाख उठाएर फरार भएका हुन् ।
२०७४ फागुनदेखि अफगानिस्तान पठाउने भन्दै ५ युवालाई भारतमा लगेर बन्धक बनाएर राखेको पिडित युवा चितवनका सोमराज महत्तोले बताउनुभयो । १० महिनादेखि काम हुन्छ हुन्छ भन्दाभन्दै झुलायो, ‘ महत्तोले भने’,पासपोर्ट पैसा कहाँ छ, आजसम्म अत्तोपत्तो छैन् ।
सुरुमा उन्नाइस, बीस दिन पैसा हुन्जेल होटलमा खानपान गरेपनि त्यसपछि एउटा सानो कोठामा सबैजना बन्दी जस्तै बस्नुपरेको महतोले जानकारी दिनुभयो । महत्तो जस्तै गोर्खाका पर्शुराम सुवेदी, राम कोइराला, नुवाकोटका भतmबहादुर तामागं तनहुका प्रेम मल्ल लगायत युवाहरु भारतमा अलपत्र परेका थिए ।
पोखरेल भारतमा बसेर काम गर्ने र उनकी श्रीमती रमा पोखरेलले काठमाण्डौंमा बसेर युवाहरुसँग अफगानिस्तानमा आकर्षक पैसामा काम लगाइदिने भन्दै पासपोर्ट र पैसा लिने गरेको पिडित युवाहरुले बताएका छन् । चितवनका सोमराज सुवेदीले अब अफगानिस्तान कामका लागि जाने भन्दा पनि आफ्नो पैसा र पासपोर्ट फिर्ता लिन गा¥हो भएको बताउनुभयो ।
सम्पर्क गरेर पैसा माग्दा बाहिर बाहिरै कुरा मिलाउला पुलिसको चक्करमा नलाग्नु भनेर पोखरेलले पटक–पटक भन्ने गरेको बताउँदै ‘सुवेदीले भने, अब समातेर पुलिसलाई जिम्मा नलगाई नहुने भन्दै आक्रोस पोख्नुभयो । नेपाली कामदारलाई अफगानिस्तानमा जान सरकारले प्रतिबन्ध लगाएको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ