सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

बेलायती महारानी एलिजाबेथ द्वितीयको निधन 

प्रकाशित समय: शुक्रवार, १० : ४३ बजे भदौ २४ गते



बेलायती महारानी एलिजाबेथ द्वितीयको निधन 

एजेन्सी । बेलायती महारानी एलिजाबेथ द्वितीयको निधन भएको छ । बेलायतमा सबैभन्दा लामो समय शाषण गरेकी महारानी एलिजाबेथको ९६ वर्षको उमेरमा गएराति निधन भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् । ७ दशक बेलायतको राजकीय सत्ताको नेतृत्व गरेका एलिजाबेथ द्वितीयको बालमोरल दरबारमा निधन भएको हो । उनले सन् १९५२ मा सत्तारोहण गरेकी थिइन् । महारानी एलिजाबेथ द्वितीयाका चार छोराछोरी, आठ नाति नातिना र १२ जना पनाती पनातीना छन् । अब उहाँका ७३ वर्षका छोरा चाल्र्स बेलायतको नयाँ राजा बन्ने छन् ।