एजेन्सी । बेलायतका महारानी एलिजाबेथ द्वितीयको अन्तिम संस्कार अर्को साता गरिने भएको छ । गत बिहीवार ९६ वर्ष उमेरमा निधन भएका एलिजावेथको आगामी सोमबार अर्थात् सेप्टेम्बर १९ मा अन्तिम संस्कार गरिने बताइएको छ । महारानी एलिजाबेथको अन्तिम यात्रा हिजोबाटै सुरु भइसकेको छ ।
स्कटल्याण्डको बालमोरल गेमकिपर अर्थात् उनका कर्मचारीहरू सवार रथ महारानीको पार्थिव शरीर लिएर एडिनबरास्थित प्यालेस अफ होलीरूडहाउस पुग्नेछन् । त्यसपछि उनको पार्थिव शरीर आज दिउँसो एडिनबराको सेनट गिल्स क्याथेड्रल लगिनेछ ।
जहाँ महारानीको पार्थिव शरीर २४ घन्टाका लागि राखिनेछ । र सर्वसाधारणले उनलाई श्रद्धाञ्जली दिन सक्नेछन् । भोलि मात्रै महारानी एलिजाबेथ द्वितीयको पार्थिव शरीर लण्डन ल्याइनेछ ।
बुधवार दिउँसो मात्रै महारानी एलिजाबेथ द्वितीयको पार्थिव शरीर वेस्टमिन्स्टर हल लगिनेछ । त्यसपछि वेस्टमिनिस्टर एबीमा १९ सेप्टेम्बरका दिन स्थानीय समय अनुसार बिहान ११ बजे अन्त्येष्ठि समारोहको आयोजना गरिनेछ । राजकीय सम्मानका साथ हुने अन्त्येष्टि दुई साता लामो हुने बताइएको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ