काभ्रे / पनौतीमा रहेको ज्ञान विकास पुस्तकालयमा मधुमेह सम्बन्धी निशुल्क परामर्श तथा परीक्षण सम्बन्धी एक दिवसीय कार्यशाला संचालन भएको छ ।
विश्राम समाज पनौतीको आयोजना रोटरी क्लब अफ पनौती तथा विनायक श्रमिक सीप मुलक सहकारीको सहआयोजनामा संचालित कार्यशामा धुलिखेल अस्पतालको प्राविधिक सहयोग रहेको थियो ।
कार्यशालमा मधुमेहका लक्षण, रोगको पहिचान तथ बचावटको उपाय विषयमा ज्ञान दिइएको थियो । कार्यशालमा १ सय १५ जना स्थानीयको मधुमेह परीक्षण गरिएको थियो । सो मध्ये ८३ जनाको रगतमा चिनीको मात्र चाहिने भन्दा बढि पाइएको विश्राम समाजका अध्यक्ष एवम् डाक्टर राजेन्द्र ताम्राकारले जानकारी दिए ।
मोटोपन तथा विलासी जीवनशैलीका कारण पछिल्लो समय मधुमेहका रोगी विश्वमा नै बढ्दै गएका जानाकारहरु बताउँछन् । नेपालमा पनि शहरीकरण सँगै विलासी जिवनशैलीका कारण मधुमेहका रोगीहरु बढदै गए पछि समयमै रोग पहिचन गरि रोगलाई नियन्त्रण गरी स्वस्थ्य रहनका लागि कार्यशाला आयोजना गर्नुपरेको डा ताम्राकारले बताए ।
पनौती क्षेत्रका सामाजिक संस्था तथा विद्यालय, सार्वजानिक स्थलमा सर्वसाधरणका लागि विश्राम समाजले विभिन्न रोग बारे चेतना फैलाउने कार्य गर्दै आएको र यसलाई निरन्तरता दिइने कार्यक्रमका संयोजक ओमकृष्ण श्रेष्ठले बताए । कार्यशालाका लागि पनौती नगरपालिका,ज्ञानविकास पुस्तकालय,तथा विश्राम महिला समाजले पनि आवश्यक सहयोग गरेका थिए ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ