लन्डन । बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने महारानी एलिजाबेथ द्वितीयाको अन्तिम संस्कार सम्पन्न भएको छ । महारानी एलिजाबेथको राजधानी लण्डनमा रहेको प्रसिद्ध गिर्जाघर वेस्टमिन्स्टर एबेमा सम्पन्न भएको हो । समारोहमा विभिन्न देशका विशिष्ट व्यक्तिको उपस्थिति थियो ।
राजा चाल्र्स तृतीयले आमाको कफिन पछाडि रहेर वेस्टमिन्स्टर हलदेखि एबेसम्मको शवयात्राको नेतृत्व गर्दा उनलाई राजपरिवारका अन्य सदस्यले साथ दिएका थिए ।बीबीसीका अनुसार महारानीको शव पेटिका वेस्टमिन्स्टर एबीमा प्रवेश गर्दा भजन मण्डलीले संगीतबद्ध रुपमा श्लोकहरू गाएका थिए जुन परम्परा १८औँ शताब्दीयताका राजकीय अन्तिम संस्कारका कार्यमा चल्दै आएको छ ।
प्रधानमन्त्री लिज ट्रसले धार्मिक ग्रन्थको एक अध्याय पाठ गरेकी थिइन । समारोहको अन्त्यमा दुई मिनेटको मौन धारण गरिनुअघि द लास्ट पोस्ट धुन बजाइएको थियो ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ