सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विन्दुमा

प्रकाशित समय: बिहिवार, १० : ३१ बजे आश्विन १३ गते



अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विन्दुमा

काठमाडौं, १३ असोज।अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार १ डलरको बिक्रीदर १३१ रुपैयाँ ४१ पैसा कायम भएको छ । यस्तै, खरिददर पनि १३० रुपैयाँ ८१ पैसा कायम भएको छ । यसअघि मंगलबार १ डलरको भाउ (बिक्रीदर) १३० रुपैयाँ ९० पैसा र खरिददर १३० रुपैयाँ ३० पैसा कायम भएर हालसम्म कै उच्च विन्दुमा पुगेको थियो ।

 

भने युरोपियन युरो एकको खरिददर १२५ रुपैयाँ २२ पैसा र बिक्रीदर १२५ रुपैयाँ ७९ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८३ रुपैयाँ ९१ पैसा र बिक्रीदर ८४ रुपैयाँ ३० पैसा रहेको छ ।यसैगरी साउदी अरेवियन रियाल एकको खरिदमा ३४ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३४ रुपैयाँ ९१ पैसा, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९३ पैसा, मलेसियन रिंग्गेट एकको खरिदमूल्य २८ रुपैयाँ २६ पैसा र बिक्रीमूल्य २८ रुपैयाँ ३९ पैसा रहेको छ ।