सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

झापा क्षेत्र नं १ बाट कांग्रेस महामन्त्री शर्माको उम्मेदवारी दर्ता

प्रकाशित समय: आइतवार, ०५ : ३७ बजे आश्विन २३ गते



झापा क्षेत्र नं १ बाट कांग्रेस महामन्त्री शर्माको उम्मेदवारी दर्ता

झापा, २३ असोज।नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि आज प्रतिनिधिसभा सदस्यमा झापा क्षेत्र नं १ बाट उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ ।

 

काठमाडौँबाट भद्रपुर विमानस्थल हुँदै मेचीनगरमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा सिधै आएर उहाँले अपराह्न ३ः३० बजे उम्मेदवारी दर्ता गराउनुभएको हो ।उहाँको प्रस्तावकका रूपमा नेपाली कांग्रेसका जिल्ला उपसभापति केशवराज पाण्डे र समर्थकमा क्षेत्रीय सभापति इन्द्रकुमार बुढाथोकी रहनुभएको छ । गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका शर्मालाई ¥यालीसहित उम्मेदवारी दर्ताका लागि ल्याइएको थियो ।

 

यसैगरी नकेपा (एमाले) झापा जिल्ला इन्चार्ज अग्नि खरेलले प्रतिनिधिसभा सदस्यमै उम्मेदवारी मनोनयन गराउनुभएको छ । उहाँको प्रस्तावकमा पार्टीका केन्द्रीय सल्लाहकार सदस्य विष्णु प्रसार्इँ र समर्थकका रूपमा पूर्व प्रदेश सदस्य श्रीप्रसाद मैनाली रहनुभएको छ ।

 

क्षेत्र नं १ मा एक लाख २० हजार तीन सय ७५ मतदाता रहेको निर्वाचन कार्यालय झापाले जनाएको छ ।