महोत्तरी, २५ असोज । महोत्तरी-१ मा गठबन्धनबाटै दुई जनाकाे उम्मेदवारी परेकाे छ । क्षेत्र नम्बर १ ‘क’ मा गठबन्धनभित्रकाे नेकपा एसबाट सुरेश राउत र लोसपाका पितम्बर महतोले उम्मेदवारी दर्ता गरेका हुन् ।
दुवै उम्मेदवारले आफुहरू गठबन्धनको साझा उम्मेदवार दाबी गरेका छन् । तर, गठबन्धनले भने आधिकारिक उम्मेदवार काे हाे भनेर निर्णय गरिसकेकाे छैन । गठबन्धनका वरिष्ठ नेता सरत्दसिंह भण्डारीले भनेर नै उम्मेदवारी दर्ता गराएको महतोको दाबी छ भने राउतले पनि अध्यक्षको निर्देशन मानेको बताउदै आएका छन् ।
निर्णयानुसार महोत्तरी क्षेत्र १ ‘क’ कांग्रेस र ‘ख’ मा माओवादीले पाउने तय भएको थियो । तर, लोसपाको उम्मेदवार नै साझा उम्मेदवार भएको बताउँदै एकाएक महतोले टिकट पाएको हल्ला चलेपछि नेकपा एसका राउतले पनि मनोनयन दर्ता गराएका थिए ।अहिले नेकपा एसका राउत वा लोसपाका महतोमध्ये कसलाई ब्याक गराउने भन्ने विषयमा छलफल भैइरहेको गठबन्धनका नेताहरूले जानकारी दिए ।
नेता राउतले भने अध्यक्ष माधव नेपालले भनेर नै टिकट ल्याएर मनोनयन दर्ता गरेको हुनाले ब्याक नहुने बताएका छन् । मतदाताको हिसाबले हो भने ‘क’ कांग्रेसले पाउनु पर्ने हो । तर, उनीहरूले नपाएपछि नेकपा एस नै यसकाे प्रमुख दावेदार भएको उनकाे बुझाइ छ ।
गठबन्धनभित्रैका नेता राजन ढुंगानाले पनि स्वतन्त्र उम्मेदवार दर्ता गरेका छन् । क्षेत्र नम्बर १ मा गठबन्धनभित्रै विवाद सिर्जना भएपछि कसरी मिलाउने भन्ने विषयमा शीर्ष नेताहरू छलफलमा जुटेका छन् ।क्षेत्र नम्बर १ ख मा पनि गठबन्धनविरुद्ध गठबन्धनभित्रैका नेताहरूले बागी उम्मेदवार दिएका छन् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ