सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

नवौँ राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन आज हुँदै

प्रकाशित समय: शुक्रवार, ०९ : १७ बजे आश्विन २८ गते



नवौँ राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन आज हुँदै

 
काठमाडौं । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उदघाटन आज हुँदैछ । कास्कीको पोखरा रङ्गशालामा हुने प्रतियोगिताको उपराष्ट्रपति नन्दबहादुर पुनले दिउँसो साढे तीन बजे उद्घाटन गर्दैछन् । आठ हजार खेलाडी तथा अफिसियलसहित १० हजारभन्दा बढी व्यक्ति पोखरामा भेला भएका छन् । नवाैँ राष्ट्रिय प्रतियोगितामा ३ सय ९३ स्वर्ण, ३ सय ९३ रजत र ६ सय  काँस्य पदकका लागि प्रतिस्पर्धा हुने छ । राष्ट्रिय खेलकुद प्रतियोगिता २०३८ देखि सुरु भएको थियो । दोस्रो संस्करणको आयोजना २०४० सालमा पोखरामा आयोजना भएको थियो । त्यसको चार दशकपछि नवौँ राष्ट्रिय खेलकुद पनि पोखरामै हुन लागेको हो ।