सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

चिनियाँ कम्युनिस्ट पार्टीको २०औं राष्ट्रिय महाधिवेशन सुरु, सी जिनपिङ पार्टी प्रमुखमा पुनः चुनिने

प्रकाशित समय: आइतवार, ११ : ४७ बजे आश्विन ३० गते



चिनियाँ कम्युनिस्ट पार्टीको २०औं राष्ट्रिय महाधिवेशन सुरु, सी जिनपिङ पार्टी प्रमुखमा पुनः चुनिने

इजिङ । चिनियाँ कम्युनिस्ट पार्टीको २०औं राष्ट्रिय महाधिवेशन बेइजिङमा आजबाट शुरू भएको छ । ऐतिहासिक मानिएको यो महाधिवेशनबाट राष्ट्रपति सी जिनपिङ तेस्रो कार्यकालका लागि पार्टी प्रमुखका रुपमा पुनः चुनिने ठानिएको छ ।

 

राष्ट्रपति सी प्रमुखका रुपमा पुनः चुनिनु भएमा पार्टी र सरकार प्रमुखका दुई कार्यकालभन्दा बढी काम गर्न नपाउने दशकौँ पुरानो चिनियाँ व्यवस्थाको क्रमभङ्ग हुनेछ । साथै राष्ट्रपति सी चिनियाँ नेता माओ त्से तुङपछिका सबैभन्दा शक्तिशाली नेता हुनुहुनेछ ।

 

करिब २३ सय प्रतिनिधिहरू सहभागी महाधिवेशनबाट आगामी पाँच वर्षका लागि चिनियाँ कम्युनिस्ट पार्टी र सैन्य नेतृत्व तथा भावी कार्ययोजनाहरू पारित गरिनेछ । यसका साथै कोभिड-१९ संक्रमण रोक्न चीनले अपनाएको शून्य कोभिड रणनीतिका बारे पनि महाधिवेशनमा छलफल हुने अनुमान गरिएको छ ।