सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

रामकुमारी झाँक्रीविरुद्ध बागी उठेका भुसालले लिए उम्मेदवारी फिर्ता

प्रकाशित समय: मगलवार, १० : ५९ बजे कार्तिक १ गते



रामकुमारी झाँक्रीविरुद्ध बागी उठेका भुसालले लिए उम्मेदवारी फिर्ता

काठमाडौँ । गुल्मी क्षेत्र नंबर(२ मा सत्ता गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिएका नेपाली काँग्रेसका नेता डाक्टर दामोदर भुसालले उम्मेदवारी फिर्ता लिएका छन्।

 

भुसालले सोमबार पत्रकार सम्मेलनमार्फत उम्मेदवारी फिर्ताको घोषणा गरेका हुन्। उनले गठबन्धनकी उम्मेदवार रामकुमारी झाँक्रीलाई समर्थन गरेका छन । भुसालको बागी उम्मेदवारी फिर्ता भएसँगै रामकुमारीलाई केही राहत भएको छ।

 

गुल्मीमा यो क्षेत्रमा नेकपा एमालेबाट सचिव गोकर्ण विष्टको उम्मेदवारी छ। गठबन्धनबाट झाँक्री उम्मेदवार बनेपछि काँग्रेसका महाधिवेशन प्रतिनिधि भुसालले बागी उम्मेदवारी दिएका थिए।उम्मेदवारी कायम भएपछि भुसाल काँग्रेसबाट स्वतःनिस्कासित भएका थिए। तर कांग्रेसले बागीहरुलाई कात्तिक ४ सम्मको अवसर दिएको छ।