काठमाडौं, ४ कात्तिक।सत्तागठबन्धनको शीर्ष नेताले पोखरा बुटवलमा आयोजना हुने प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्ने भएका छन् । पोखरामा बिहान ११ बजेदेखि तथा बुटवलमा दिउँसाे २ बजेदेखि सुरु हुने भनिएको प्रशिक्षण भेलालाई शीर्ष नेताले सम्बोधन गर्ने भएका हुन् ।
पोखराको भेलालाई सम्बोधन गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका नेता माधवकुमार नेपाल बिहीबार नै पोखरा पुगिसकेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेता आज पाेखरा पुगेका छन् ।
सत्तागठबन्धनले शुक्रबारदेखि प्रदेशमा चुनावी अभियान सुरु गरेकाे हाे । गठबन्धनकाे संयुक्त चुनावी अभियानपछि दलहरू पार्टीकाे चुनावी अभियानमा सरिक हुने भएका छन् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ