सोलुखुम्बु, २४ कात्तिक । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री बलबहादुर केसीले देशको समृद्धिका लागि पर्यटन विश्वविद्यालयको अवधारणा ल्याएका छन् ।
सोलुखुम्बुबाट सत्तारुढ गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारसमेत रहेका उनले पर्यटनको क्षेत्रबाट नेपालले आर्थिक उन्नति गर्न सक्ने भन्दै पर्यटन विश्वविद्यालयको अवधारणा ल्याएका हुन् । सगरमाथासमेत रहेको सोलुखुम्बुको पर्यटनको क्षेत्रमा निकै काम गरेको बताउने उनले सोलुखुम्बुसहित समग्र देशकै समृद्धिका लागि पर्यटन विश्वविद्यालय, प्राविधिक शिक्षालय, एकघर एक रोजगारको अवधारणा ल्याएका हुन् ।
सगरमाथा जाने बनेको तल्लो बाटोले पर्यटन विकासको क्षेत्रमा छलाङ मारेको उनको भनाइ छ । चुनावी प्रचारप्रसारका क्रममा मतदातासँग उनले सोलुको पर्यटन क्षेत्रको विकासका लागि आफू सक्रिय रहँदै आएको र बाँकी काम गर्ने प्रतिबद्धता जनाए ।
यसैबीच, ४० जनाभन्दा बढी एमालेका नेताहरु पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गरेका छन् । जिल्ला कमिटी सदस्यसमेत रहेका माप्य दुधकोसी गाउँपालिका इन्चार्जसमेत रहेका पूर्व वडा अध्यक्ष नारायणकाजी कार्कीसहित ४० जनाभन्दा बढी एमाले नेता कांग्रेस प्रवेश गरेका हुन् । उनीहरुलाई पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य उम्मेदवार बलबहादुर केसीले स्वागत गर्दै कांग्रेसमा भित्र्याएका छन्
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ