बाली, २७ कात्तिक।अमेरिकी राष्ट्रपति जो बाइडेन शनिबार एसिया पुगेका चिनियाँ नेता सी जिनपिङलाई जी २० शिखर सम्मेलनमा पहिलो आमनेसामने बैठकमा उत्तर कोरियामाथि लगाम लगाउन आग्रह गर्ने वाचा गरेका छन् राष्ट्रपति बाइडेनले सोमबार बालीमा आफ्ना चिनियाँ समकक्षीसँगको भेटअघि नोम पेन्हमा दक्षिणपूर्वी एसियाली नेताहरूलाई भेटेका थिए ।
कीर्तिमानी क्षेप्यास्त्र परीक्षणसँगै छिट्टै सातौं आणविक परीक्षण गर्ने डर बढिरहेका बेला दुई शक्तिशाली देशका नेताबीच भेटवार्ता हुँदै छ ।जी २० शिखर सम्मेलनको साइडलाइन वार्तामा बाइडेनले प्योङयाङको सबैभन्दा ठूलो सहयोगी चीनका राष्ट्रपतिलाई उत्तर कोरियाको खराब गतिविधि रोक्न अनुरोध गर्ने अनुमान गरिएको छ ।
वार्तामा ‘उत्तर कोरियाको सबैभन्दा खराब प्रवृत्तिलाई रोक्न रचनात्मक भूमिकाबारे छलफल हुने’ अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले बताएका छन् ।बाइडेनले सी जिनपिङलाई उत्तर कोरियाको क्षेप्यास्त्र र आणविक निर्माणलाई ‘निरन्तरता दिएमा यो कोरियाली प्रायद्वीपमा थप अमेरिकी सेना र सुरक्षा उपस्थिति बढाइने’ बताएका छन् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2023. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
--