सत्य, निष्पक्ष र खोजमुलक समाचार
बुधवार, ९ बैशाख २०८३ / Wednesday, 22 April 2026

सन् २०२४ को राष्ट्रपति निर्वाचनमा प्रतिष्प्रर्धा गर्ने ट्रम्पको घोषणा

प्रकाशित समय: बुधवार, ११ : ५५ बजे कार्तिक ३० गते



सन् २०२४ को राष्ट्रपति निर्वाचनमा प्रतिष्प्रर्धा गर्ने ट्रम्पको घोषणा

न्युयोर्क, ३० कात्तिक।‘अमेरिकाको पुनरागमन अहिले नै सुरु हुँदैछ’ भन्ने बाचासहित पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२४ मा अमेरिकी राष्ट्रपतिको चुनाव पुनः लड्ने योजना बनाएको बताएका छन् । उनले आफ्नो फ्लोरिडास्थित मार–ए–लागोमा एक घण्टा लामो भाषणमा समर्थकहरूलाई सम्बोधन गर्दै उक्त घोषणा गरेका हुन् ।

 

पूर्व राष्ट्रपति ट्रम्प कतिपय रिपब्लिकन आधारमा अझै लोकप्रिय छन् । राष्ट्रपतिको लागि उम्मेदवार हुन ट्रम्पले रिपब्लिकन पार्टीको मनोनयन जित्नुपर्नेछ । अन्य रिपब्लिकन नेताले पनि यसको लागि प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ ।

 

गत साता ट्रम्पले फ्लोरिडाका गभर्नर तथा उदाउँदो रिपब्लिकन स्टार रोन डिसेन्टिसको आलोचना गरेका थिए । उनले राष्ट्रपतिको मनोनयनमा भाग लने बताएका थिए ।यसैबीच, ट्रम्पकी छोरी इभान्का ट्रम्पले आफ्नो बाबुको २०२४ को अभियानमा नलाग्ने बताएकी छिन् । ‘म मेरो बुबालाई धेरै माया गर्छु’, उनले भनेकी छिन्, ‘यस पटक, म मेरा साना बच्चाहरू र हामीले परिवारको रूपमा सिर्जना गर्ने निजी जीवनलाई प्राथमिकता दिन छनौट गर्दैछु ।’