सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

महोत्तरी ३ मा महन्थ ठाकुरले लिए अग्रता

प्रकाशित समय: शुक्रवार, ०३ : २९ बजे मंसिर ९ गते



महोत्तरी ३ मा महन्थ ठाकुरले लिए अग्रता

काठमाडौं, ९ मंसिर.महोत्तरी ३ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले अग्रता कायम गरेका छन् ।

 

जनता समाजवादी पार्टी (जसपा)का हरिनारायण यादवसँग सुरुदेखि नै पछि परिरहेका ठाकुरले पछिल्लो मतपरिणामअनुसार ७७ मतले अग्रता लिएका हुन् । ठाकुरले १३ हजार १७८ मत प्राप्त गरेका छन् । जसापका यादवले १३ हजार १०१ मतसहित ठाकुरलाई पछ्याइरहेका छन् ।