एजेन्सी/बेइजिङ । चीनले अन्तर्राष्ट्रिय थर्मोन्युक्लियर एक्सपेरिमेन्टल रिएक्टर (आईटीईआर)को मुख्य भागमा काम सम्पन्न भएको जनाएको छ । आईटीईआर संसारकै सबैभन्दा ठूलो ‘कृत्रिम सूर्य’ भनेर चिनिन्छ ।
आइटीइआर फ्रान्सस्थित विशाल अन्तर्राष्ट्रिय आणविक परियोजना हो । बेलायत, स्विट्जरल्याण्ड, भारत, जापान, कोरिय, अमेरिका, चीन, रुस र २७ युरोपेली राष्ट्रहरूसहित ३५ देशहरूको अन्तर्राष्ट्रिय सहकार्यमा परियोजना निर्माण भइरहेको छ ।
निर्माण लागतको ४५ प्रतिशत रकम युरोपले जुटाएको छ भने बाँकी प्रत्येक देशले करिब ९ प्रतिशत जुटाएका छन् । २२ अर्ब डलरको यो परियोजना सन् २०२५ मा सञ्चालन सुरु हुने अनुमान गरिएको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ