सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

बैतडीमा एक युवतीको घाँटी रेटेर हत्या, एक युवती घाइते

प्रकाशित समय: बुधवार, ०६ : ३६ बजे मंसिर १४ गते



बैतडीमा एक युवतीको घाँटी रेटेर हत्या, एक युवती घाइते

बैतडी, १५ मंसिर।बैतडीमा एक युवतीको घाँटी रेटी हत्या गरिएको छ । पञ्चेश्वर गाउँपालिका-४ का धनी लुहारकी २१ वर्षीय छोरी माया लुहारको घाँटी रेटेको अवस्थामा शव फेला परेको हो ।

 

त्यस्तै सोही गाउँकी १५ वर्षीया नेहा लुहार गम्भीर घाइते अवस्थमा फेला परेकी छन् । उनको घाँटीमा धारिलो हतियार प्रयोग भएको प्रहरीले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी लोकराज जोशीले जानकारी दिए ।

 

घाइते अवस्थामा भेटिएकी नेहालाई उपचारका लागि धनगढी लगिएको आफन्तले बताएका छन् ।