बनियानी, १ पुस झापामा आजदेखि बिहान र बेलुका टिपर सञ्चालनमा प्रतिबन्ध लगाइएको छ ।
सवारी दुर्घटनाको दरलाई न्यूनीकरण र सवारी आवागमनलाई व्यवस्थित गर्न सवारीको चाप बढी हुने समयमा आजदेखि टिपर सञ्चालनमा रोक लगाइएको झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले राससलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार बिहान ९ देखि ११ र दिउँसो ३ देखि ५ बजेसम्म जिल्लाका मुख्य राजमार्ग, सहायक मार्ग, बजार विद्यालय र स्वास्थ्य संस्था रहेका क्षेत्रमा टिपर सञ्चालन गर्न रोक लगाइएको हो ।
सर्वपक्षीय बैठकपछि निर्णय गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख भीमप्रसाद ढकालले जानकारी दिनुभयो । निर्णय कार्यान्वयनका लागि सम्बन्धित पक्षलाई आग्रह गरिएको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2023. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
--