ललितपुर, १ पुस राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारी, सरकारी र गैरसरकारी संस्थाका प्रतिनिधि तथा अधिकारकर्मी लगायतले सरकारले खाडी मुलुकमा जान रोक लगाएपनि महिला कामदार जान नछाडेको बताएका छन् ।
वैदेशिक रोजगारीमा गएका महिलाको संस्था पौरखीले आज राष्ट्रिय मानव अधिकार आयोगमा आयोजना गरेको ‘सार्वजनिक सुनुवाई’ कार्यक्रममा उनीहरुले कानूनी रुपमा जान नपाउँदा महिला कामदारले थप समस्या भोग्नु परिरहेको बताएका छन् ।
राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले सरकारले खाडी मुलुकमा महिला कामदारलाई रोक लगाएपनि व्यावहारिक रुपमा नरोकिएको बताउनुभयो । उहाँले भन्नुभयो, “महिला कामदार भारत, श्रीलङ्कालगायतका देश हुँदै खाडी मुलुक जान रोकिएका छैनन् ।
” भारत जाने महिला कामदारको तथ्याङ्क नभएपनि धेरै खालका समस्या रहेको उहाँले उल्लेख गर्नुभयो । पैरवी संस्थाका अध्यक्ष मञ्जु गुरुङले नेपालले हस्ताक्षर गरेको अन्तर्राष्ट्रिय सन्धीका आधारमा पनि महिला कामदारलाई कुनै पनि देशमा जान रोक लगाउन नहुने बताउनुभयो ।
खाडी मुलुकमा गएका महिलाले कठिन पारिश्रम गर्नुपर्दा उनीहरुको स्वास्थ्य समस्या आएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “महिला कामदारमा पाठेघर खस्ने र मिर्गौलाको समस्या बढी देखिएको छ ।” घरेलु श्रमिकको अन्तर्राष्ट्रिय संस्थाका एशिया प्रशान्त सदस्य ज्ञानु केसीले देशभित्रै र वैदेशिक रोजगारीमा गएका महिलाका विषयमा सरकार गम्भीर हुनुपर्ने बताउनुभयो ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ