काठमाडौं, २० मंसिर।कर्णाली प्रदेश सभामा तीन राजनीतिक दलको मात्र प्रतिनिधित्व देखिएको छ । निर्वाचन अघि धेरै दलहरू देखिए पनि यस्ता दलहरूलाई कर्णालीवासीले नपत्याएको मतपरिणमले देखाएकाे छ । यस प्रदेशसभामा कांग्रेस, माओवादी केन्द्र र एमालेको मात्रैकाे प्रतिनिधित्व हुनेछ ।
कर्णाली प्रदेशसभामा कांग्रेसले ९ सिट जितेको छ। यहाँ माओवादी केन्द्रले पनि ९ सिटमै जित निकालेको छ । एमालेले भने ५ सिट जितेको छ । प्रदेश सरकार गठनमा कर्णाली प्रदेशमा रोचक माहौल देखिने सम्भावना छ ।बराबरी सिट जितेको कांग्रेस र माओवादीबीच सरकार नेतृत्व कसले लिने भन्नेबारे रस्साकसी हुनेछ । दुई दलले आ-आफ्नो नेतृत्वमा सरकार गठन गर्नु पर्ने दाबी रहँदा किचलो देखिन सक्नेछ ।
उनीहरूबीच यस विषयमा सत्ता सहकार्यका लागि एमाले र स्वतन्त्र सांसद निर्णायक हुनेछन् । एमाले र स्वतन्त्र सांसदलाई साथमा लिएर कांग्रेस र माओवादीमध्ये जसले बहुमत पुर्याउन सक्छ सो दलको नेतृत्वमा सरकार बन्न सक्नेछ । बराबर सिट पाएर पनि उनीहरूमध्ये एकले प्रतिपक्षमा बस्नुपर्नेछ ।
यद्यपि, संघीय सरकारमा कांग्रेस, माओवादी एउटै गठबन्धनमा रहेकाले प्रदेश तहमा समेत सोही गठबन्धनले निरन्तरता पाउने सम्भावना पनि छ । कर्णाली प्रदेश सभाका स्वतन्त्र सांसद भने ५९ वर्षीय देवेन्द्रबहादुर शाही हुन् । उनी जुम्ला ‘क’ बाट ९ हजार ६५४ मतसहित विजयी भएका हुन् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ