सत्य, निष्पक्ष र खोजमुलक समाचार
बुधवार, ९ बैशाख २०८३ / Wednesday, 22 April 2026

गण्डकी प्रदेशसभामा प्रत्यक्षतर्फ पुरुष सांसदकै बाहुल्यता, महिला न्यून

प्रकाशित समय: बिहिवार, ०४ : ३९ बजे मंसिर २२ गते



गण्डकी प्रदेशसभामा प्रत्यक्षतर्फ पुरुष सांसदकै बाहुल्यता, महिला न्यून

काठमाडौं, २२ मंसिर।गण्डकी प्रदेशसभामा प्रत्यक्षतर्फ पुरुष सांसदको बाहुल्यता देखिएको छ । यस प्रदेश सभाका ३६ सिटमा २ वटामा मात्र महिला उम्मेदवार विजयी भएका छन् ।

 

विजयी हुनेहरूमा प्रदेश सभामा १२ सिटसहित दोस्रो बनेको नेकपा एमालेबाट सीताकुमारी सुन्दास र पदमा जिसी छन् ।उनीहरू क्रमशः स्याङ्जा प्रदेश निर्वाचन क्षेत्र नम्बर १ र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) निर्वाचन क्षेत्र नम्बर १ बाट विजयी भएका हुन् । यस प्रदेशमा सबैभन्दा १८ सिटसहित कांग्रेस पहिलो दल बनेको छ ।

 

उक्त दलबाट एक जना पनि महिला उम्मेदवार विजयी भएनन् । यस्तै यहाँ नेकपा माओवादी केन्द्रले ४, नेपाल समाजवादी पार्टीले एक र एक जना स्वतन्त्र सांसद विजयी भएका छन् ।