बैतडी, २ पुस १८ दिनदेखि बेपत्ता बैतडीको दशरथचन्द नगरपालिका–३ हल्लेकका ४५ वर्षीय लक्षिराम लावड आइतबार मृत फेला परेका छन् ।
गत मङ्सिर १२ गते घरबाटै बेपत्ता भएका लावड घर नजिकैको इरानखोला भन्ने ठाउँमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिनुभयो ।
लावडको शवलाई स्थानीय बासिन्दाले देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव कुहिएको अवस्थामा रहेकाले केही दिन अगाडि नै मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ ।
मानसिक सन्तुलन ठिक नरहेका लावड बेपत्ता भएपछि आफन्तले खोजी गरिदिन प्रहरीमा निवेदनसमेत दिएका थिए ।
लावडको शव पुरै कुहिएको अवस्थामा रहेकोले परीक्षण नगरी आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ