ललितपुर, स्थानीय तहका कर्मचारीहरुले मंसिर २३ गते नेपाल सरकारले जारी गरेको कर्मचारी समायोजन अध्यादेशको विरोधमा देशभरका स्थानीय तहको कार्यालयमा कामकाज ठप्प पारी ज्ञापनपत्र बुझाएका छन्।
स्थानीय तहमा अविछिन्न रूपमा कार्यरत कर्मचारीलाई सम्मानित सर्वोच्च अदालतको २०७४ पुस २१को फैसला आदेशको कार्यान्वयनको व्यवस्था गरियोस्, स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८७ बमोजिम साविक स्थानीय निकायका कर्मचारीको स्थायित्व साथै सेवा निरन्तरताको व्यवस्था सोही अध्यादेशमा गरियोस् ,श्रेणीविहिन कर्मचारीहरूको स्तरवृद्धि साथै सबै तहको बढुवा लगायत वृत्तिविकास तत्काल लागु गरियोस जस्ता माग राखी स्थानीय निकायका प्रमुखलाई ज्ञापनपत्र बुझाएका हुन्।
यस्तै सरकारले ल्याएको कर्मचारी समायोजन अध्यादेशको विरोध गर्दै गोदावरी नगरपालिकामा कार्यरत अस्थायी करार ज्यालादारी र साविकका सामाजिक परिचालकहरुले आज नगरप्रमुख गजेन्द्र महर्जनलाई ज्ञापनपत्र बुझाएका हुन्।
सातबुँदे माग राख्दै आन्दोलनमा उत्रिएका स्थानीय तहका कर्मचारीहरुले मंसिर २८ देखि पुस ९ गतेसम्म आन्दोलनका कार्यक्रम घोषणा गरिसकेका छन्।
निजामती कर्मचारीहरुलाई दिइँदै आएको सेवा सुविधाबाट आफूहरुलाई वञ्चित गराउने गरी सरकारले अध्यादेश ल्याएपछि त्यसको विरोधमा आज देशभरका स्थानीय संगै यस नगरपालिकामा पनि ज्ञापनपत्र बुझाएको नेपाल नगरपालिका कर्मचारी एसोसिएसन, इकाइ समिति गोदावरी नगरपालिकाका अध्यक्ष सिताराम कार्कीले बताए।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ