काठमाडौँ, २ पुस स्थानीय तहका कर्मचारीले ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ अनुसार समायोजन गर्दा विभेद गरिएको भन्दै देशभरका स्थानीय तहको कामकाज ठप्प पारेका छन् ।
कर्मचारी समायोजन गर्दा निजामतीसरह गर्नुपर्ने लगायतका माग राख्दै कामकाज ठप्प पारिएको स्थानीय तह कर्मचारी सङ्घका अध्यक्ष हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो ।उहाँले समायोजन गर्दा सबै कर्मचारीलाई एउटै नियमअनुसार गर्नुपर्नेमा आफूहरुलाई विभेद गरिएको बताउनुभयो ।
उहाँले आफ्नो माग सम्बोधन नभएसम्म आन्दोलनका कार्यक्रम चलिनै रहने जानकारी दिनुभयो । अध्यादेशमा सङ्घका निजामती कर्मचारीलाई समायोजनन गर्दा एक तह बढुवा गर्ने व्यवस्था गरेको छ ।
उहाँका अनुसार भोलिदेखि तीन दिनसम्म हातमा कालोपट्टि बाँधेर काम गर्ने बताउनुभयो । पहिलो चरणअन्तर्गत माग सुनवाइ नभए पुनः दोस्रो चरणको आन्दोलन गर्ने उहाँले जानकारी गराउनुभयो ।
देशभरि सबै स्थानीय तहमा स्थायी र अस्थायी गरी करीब २० हजार कर्मचारी रहेका छन् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ