भक्तपुर, ३ पुस नेपाल सेल्फ डिफेन्स एशोसिएशनले राष्ट्रिय खेलकूद परिषद्को समन्वयमा महिलालाई आत्मरक्षा तालीम प्रदान गरेको छ ।
सार्वजनिक सवारी साधन, कार्यालय, सार्वजनिकस्थल लगायतमा महिला हिंसा घटना बढ्न थालेपछि हिंसा रोक्न र आत्मरक्षा गर्न सक्ने बनाउन भक्तपुरका महिला कर्मचारी, नर्सलगायतलाई आत्मरक्षासम्बन्धी दुईदिने तालीम आज समापन भएको हो ।
एशोसिएशनका प्रशिक्षकहरु पद्मा खयर गोलीले महिलामाथि हुनसक्ने हिंसा रोक्न र आफ्नो रक्षा आफैँ गर्नसक्ने बनाउन आत्मरक्षासम्बन्धी सैद्धान्तिक एवं प्रयोगात्मक तालीम प्रदान गरेको बताउनुभयो ।
भक्तपुरको सिद्धि स्मृति प्रतिष्ठानमा भएको तालीममा एशोसिएशनका प्रमुख प्रशिक्षक सञ्जु महर्जन, प्रशिक्षक पद्मा खयर गोली, राधिका ऐर हमाल, रोजिना लोहला र रवीन्द्र श्रेष्ठले तालीममा सहभागी करीब ४०० महिलालाई आत्मरक्षा तालीम प्रदान गरिएको छ ।
खयर गोलीले काठमाडौँ, ललितपुर, काभ्रे, बाँके, कैलाली, कञ्चनपुरलगायत क्षेत्रका महिलालाई आत्मरक्षाको तालीम सञ्चालन गरेको र आगामी माघ १० गतेदेखि १२ जिल्लाका महिलालाई यस किसिमको तालीम दिइने भएको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ