एजेन्सी/न्युयोर्क । अमेरिकी क्यापिटलमा गत वर्षको आक्रमणको अनुसन्धान गर्ने सांसदहरूले डोनाल्ड ट्रम्पले विद्रोहलाई उक्साएपछि फेरि सार्वजनिक पदमा उम्मेदवार हुन नसक्ने एक अन्तिम रिपोर्टमा निष्कर्ष निकालेका छन् ।
आक्रमणको छानबिन गर्ने संसदीय समितिले यसअघि नै पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध फौजदारी अभियोग लगाउन सिफारिस गरेको छ । विद्रोहलाई उक्साउने, आधिकारिक कारबाहीमा अवरोध पुर्याउने, अमेरिकी सरकारलाई धोका दिने षड्यन्त्र र झूटा बयान गरेकोमा ट्रम्पमाथि थप अनुसन्धान गर्न समितिले न्याय मन्त्रालयलाई आग्रह गरेको छ । ट्रम्पले भने सदनका सांसदहरूले आफूलाई फेरि ह्वाइट हाउसको लागि उम्मेदवार हुनबाट रोक्नको प्रयासको रूपमा आफूविरुद्ध ‘नक्कली आरोप’ लगाएको दाबी गरेका छन् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ