एजेन्सी/न्युयोर्क । घातक हिमआँधीसँगै उडान रद्द र डिले हुँदा अमेरिकाभरका विमानस्थलमा हजारौँ यात्रुहरू अलपत्र परेका छन् । झन्डै २८ सय उडान रद्द भएका छन भने १३ सय उडान डिले भएका छन् । उडान ट्र्याकिङ गर्ने फ्लाइट अवेरका अनुसरा अलपत्र परेका हजारौं यात्रुहरू टर्मिनलमै सुतिरहेका छन् । बिहीबार उड्ने तालिकामा रहेका २३ सयभन्दा बढी उडान रद्द भएका छन् । चरम मौसमले हजारौँ उडान रद्द भएका र मानिसहरु बरफ र हिउँले घेरिएका घरहरुमा फँसेका छन् ।
रद्दका कारण जानु पर्ने स्थानमा जान नसकेका हरेक व्यक्तिसँग वास्तवमै दुःखित भएको भन्दै साउदवेस्टका सीइओ बब जोर्डनले भिडियोमार्फत क्षमा याचना गरेका छन् ।
कीर्तिमान कडा चिसोले सबै एयरलाइन्सका लागि चुनौतीहरू ल्याएपछि विमान कम्पनीले उडानहरू रद्द गरेका जोर्डनले बताए ।
यसैबीच, चिसोका कारण कम्तीमा ५० जनाको मृत्यु हुनुका साथै लाखौँ मानिस प्रभावित भएका छन् । हिमपातले विभिन्न राज्यका सहरहरु अस्तव्यस्त बनेका छन् । हिमपातले बिजुली कटौती हुँदा लाखौ मानिस अन्धकारमा बस्न बाध्य भएका छ्न् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ