सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

माओवादी सुदूरपश्चिम संसदीय दलको नेतामा खगराज भट्ट चयन

प्रकाशित समय: आइतवार, १२ : ४१ बजे पुष १७ गते



माओवादी सुदूरपश्चिम संसदीय दलको नेतामा खगराज भट्ट चयन

कैलाली, १७ पुस।नेकपा माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दलको नेतामा खगराज भट्ट सर्वसम्मत चयन भएका छन् ।

 

संसदीय दल आयतबार बसेको बैठकले दलको नेतामा खगराज भट्टलाई सर्वसम्मत रूपमा चयन गरेको हो । स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्जसमेत रहेका भट्ट दलको नेतामा चयन भएका हुन् ।

 

शनिबारको बैठकमा सहमति नभएपछि पुनः आइतबार बसेको बैठकले भट्टलाई दलको नेतामा चयन गर्दै माओवादीको नेतृत्वमा सरकार बनाउन पहल गर्ने जिम्मा पनि दिएको छ ।