लमही, ७ पुस तुलसीपुर उपमहानगरपालिका–३ राम्रीमा भएको बस दुर्घटनाप्रति दुःख ब्यक्त गर्दै उपमहानगरपालिका भित्रका बिद्यालय एक दिन बन्द गरिने भएका छन् ।
तुलसीपुर–सल्यान सडकखण्ड अन्तर्गत शिक्षक र विद्यार्थी चढेको बस दुर्घटना भएकोप्रति दुःख ब्यक्त गर्दै उपमहानगरको शिक्षा महाशाखाको आज बसेको बैठकले आइतबार विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
दुर्घटनामा परि विद्यार्थी तथा शिक्षकको मृत्यु हुँदा शिक्षा क्षेत्रमा अपुरणीय क्षति भएको भन्दै शोकमा एकदिन विद्यालय बन्द गर्ने निर्णय गरिएको महाशाखा संयोजक देवराज बिश्वकर्माले जानकारी दिनुभयो ।
बैठकले यस क्षेत्रका निजी, सामुदायिक तथा प्राबिधिक शिक्षालय बन्द गर्ने निर्णय गरेको छ । दुर्घटना प्रति एन प्याब्सन दाङले शोक वक्तव्य जारी गर्दै शिक्षा क्षेत्रमा भएको अत्यन्त दुखलाग्दो घटनाले विक्षिप्त तुल्याएको उल्लेख छ । विज्ञप्तिमा दुर्घटनामा परि मृत्यु भएका शिक्षालयमा अध्ययनरत विद्यार्थी तथा शिक्षक प्रति श्रद्धाञ्जली व्यक्त गरिएको छ ।
दुर्घटनामा घाईते भएकाको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको छ । त्यस्तै एन प्याब्सन प्रदेश नम्वर ५ ले समेत बिज्ञप्ति जारि गरि शोक ब्यक्त गरेको छ । कृष्णसेन ईच्छुक स्मृति बहुप्राबिधिक शिक्षालयका शिक्षक तथा विद्यार्थी चढेको गाडी शुक्रबार ४ बजे दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको थियो । दुर्घटनामा १४ जना घाईते भएका थिए ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ