धनगढी । सुदूरपश्मि प्रदेश सभामा सभामुख चयनका लागि पुस २८ गते निर्वाचन हुने भएको छ । सोमबार बसेको सुदूरपश्चिम प्रदेशसभाको पहिलो अधिवेशनको पहिलो बैठकको अध्यक्षता गरेका जेष्ठ प्रदेशसभा सदस्य मानबहादुर रावलले पुस २८ गते दिउँसो एक बजे बस्ने बैठकमा सभामुखको निर्वाचन गर्ने गरी सूचना प्रकाशित गर्न निर्देशन दिएका हुन् ।
उनले त्यसका लागि आवश्यक तयारी गर्न प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीलाई निर्देशक समेत दिएका छन् ।नेपालको संविधान १८१ को उपधारा १ र प्रदेश सभा नियमावली २०७४को नियमि ७ बमोजिम समामुखको निर्वाचनका लागि पुष २८ गते दिउसो १ बजेका लागि समय निर्धारण गरिएको हो ।प्रदेशसभाको पहिलो बैठकले प्रदेशसभा सञ्चालन गर्न निर्माण गरेको प्रदेश सभा नियमावली २०७४ र पहिलो संशोधन २०७६ लाई सर्व सम्मतीले स्वीकृत गरेको छ ।
पहिलो वैठकमा प्रदेश सभा सदस्यले शुभकामना आदान प्रदान गरेका छन् । सभाको विशेष समयमा बोल्दै शुभ कामना आदान प्रदान गर्ने प्रदेश सभा सदस्यले प्रदेशको विकासका लागि सामुहिक एकता हुनुपर्ने, वेरोज्गारी समस्या समाधानका लागि ठोस नीति निर्माण गरिनुपर्ने, प्रदेश प्रति जनताको भरोषा दिलाउने काम गरिनुपर्ने, सीमा क्षेत्रमा हुने अपराधिक कृयाकलाप रोक्न ठोस सुरक्षा योजना तय गरिनुपर्ने धारणा राखेका छन् ।
प्रदेश सभाको विशेष समयमा नेपाली कांग्रेसका तर्फबाट प्रदेश सभा सदस्य शिवराज भट्ट, नेकपा माओबादी केन्द्र संसदीय दलका नेता खगराज भट्ट, नेकपा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल, नागरिक उन्मुक्ति पार्टीका तर्फबाट प्रदेश सभा सदस्य लक्ष्मण किशोर चौधरी, नेकपा एस संसदीय दलका नेता दिर्घबहादुर सोडारी, राप्रपाकी प्रदेशसभा सदस्य खेमादेवि विष्ट र स्वतन्त्र सदस्य ताराप्रसाद जोशीले शुभकामना सहित आफ्ना धारणा राखेका थिए ।प्रदेश सभाको अर्को वैठक पुष २८ गते दिउसो एक बजे बस्ने छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ