सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

आगलागीमा तीन करोडको क्षति

प्रकाशित समय: सोमवार, ०८ : ५० बजे पुष ९ गते



आगलागीमा तीन करोडको क्षति

गाईघाट, ९ पुस  उदयपुर जिल्लाको कटारी नगरपालिका– ८ स्थित गल्टारको सौर्य सिमेन्ट उद्योगको चुनढुङ्गा खानीको एउटा ट्र्याङ्करमा आगलागी हुँदा एक ट्र्याङ्कर र एक स्काभेटर जलेर नष्ट भई रु तीन करोड मूल्यको क्षति भएको छ ।

 

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक चन्द्रदेव राईका अनुसार गए राति ११ बजेतिर अचानक ट्र्याङ्करमा आगलागी हुँदा तेलसमेत जलेको र एक स्काभेटरसमेत जलेर नष्ट भएको छ ।

 

आगलागी भएपछि प्रहरी र स्थानीयवासीसहित कटारी नगरपालिकाको दमकलले आगलागी नियन्त्रण गरेको तर पनि ट्र्याङ्कर र स्काभेटर जलेर नष्ट भएको उपरीक्षक राईले बताउनुभयो ।

 

आगलागी कसरी भयो वा कस्ले गरायो भन्नेबारे अहिले इलाका प्रहरी कार्यालय कटारीले अनुसन्धान शुरु गरेको छ भने प्रारम्भिक अनुमान अनुसार रु तीन करोडको क्षति भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ ।