सप्तरी, १९ पुस।शीतलहरका कारण मध्यतराईका जिल्लाहरूकाे जनजीवन कष्टकर बनेको छ । एक हप्तायता चिसो हावा चल्ने, बाक्लो हुस्सु लाग्ने, घाम नलागेका कारण अत्याधिक चिसो बढेको हो । शीतलहरसँगै अत्यधिक चिसो बढेपछि सर्वसाधारणलाई घरबाट निस्किन समस्या भएको छ ।
स्थानीय रमेश यादवका अनुसार सार्वजनिक ठाउँ, बजार, सरकारी तथा गैरसरकारी कार्यालयमा सेवाग्राही घटेको छन् भने विद्यालय, कलेजमा विद्यार्थीको उपस्थिति न्यून छ । शीतलहरकै कारण कतिपय विद्यालय बन्द भइसकेका छन् ।
बाक्लो कुहिरो र शीतलहरका कारण सवारीसाधान पनि कम चलिरहेका छन् । चलेको सवारीसाधनमा पनि यात्रुको भिडभाड छैन् । चिसो बढेपछि मजदुरहरूले मजदुरी गर्न नसकेको राजविराज-२ की गुल्सन खातुनले बताइन् ।
विपन्न परिवारमा न्यानो लुगाको अभावमा जाडोले कठ्याग्रिएर बस्न बाध्य हुनुपरेको छ । शीतलहरबाट सबैभन्दा बढी जोखिममा विपन्न गरिब परिवार पर्ने भएकाले त्यसलाई लक्षित गरी पूर्वतयारीमा जोड दिएको सरकारले बताइरहे पनि व्यवहारमा देखिएकाे छैन ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ