विदुर, पुस ९ गते । विदुर नगरपालिकाको मेयरलाई सवारी साधन खरिदको लागि विनियोजित रकम खानेपानी आयोजना र सडक निर्माणमा रकमान्तर भएको छ ।
विदुर नगरपालिकाको तेश्रो नगरसभाबाट पारित चालु आर्थिक वर्षको सवारी साधन खरिद शिर्षकको बजेट आगामी नगरसभाबाट अनुमोदन गर्ने गरी पचास लाख रुपैयाँ खानेपानीमा विनियोजन भएको हो ।
विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितका अनुसार ‘डिप बोरिङ्ग’ गरेर २० हजार घनमिटर पानी संकलन गरि नगरवासीलाई वितरण गरिनेछ ।
त्यस्तै, आँपघारी चौतारो सडक मर्मतको लागि सवारी साधन खरिदका लागि विनियोजित रकमबाटै रकमान्तर भएको छ । त्यसमा पन्ध्र लाख रुपैयाँ रहेको र उत्तः रकम पुँजिगत कार्यक्रममा रकमान्तर गरी योजना कार्यान्वयन गर्ने निर्णय भएको प्रमुख पण्डितले बताए ।
खानेपानी आयोजना अन्र्तगत १०/१० लाखको घनमिटर ट्याङ्की २ वटा सञ्चालन गरिने छ ।
त्यसबाट विदुर नगरपालिकाको वडा नं. १, २, ४, ५ र ६ का नागरिकहरु लाभान्वित हुने छन् । उक्त योजना अन्र्तगत २२ सय धारा निर्माण हुने बताइएको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ