मन्थली, १० पुस रामेछापको सदरमुकाम मन्थलीमा सञ्चालित मासु पसलबाट बिक्रीका लागि राखिएको ६७ किलो सडेको मासु बरामद् गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयको टोलीले बजार अनुगमनका क्रममा विभिन्न मासु पसलबाट सोमबार खान अयोग्य मासु बरामद् गरेको हो । मन्थलीस्थित जुनेश मासु पसलबाट ४६ किलो सेडेको कुखुराको मासु तथा नौ किलो सडेको ससेज बरामद् गरेको हो ।
यस्तै ‘न्यू फेमल मिट सप’बाट सडेको १० किलो राँगाको मासु र मन्थली मासु पसलबाट कुखुराको सडेको दुई किलो मासु बरामद् गरिएको सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
अनुगमन टोलीले सडेको मासु बिक्रीका लागि राख्ने जुनेश मासु पसल सञ्चालकलाई रु दुई हजार तथा न्यू फेमस मिट सपका सञ्चालकलाई रु पाँच हजार जरिवाना गरेको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ