सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ बैशाख २०८३ / Saturday, 18 April 2026

हेलिकप्टर दुर्घटनापछि डाभोस फोरमलाई सम्बोधन गर्दै के भने जेलेन्स्कीले ?

प्रकाशित समय: बिहिवार, ०९ : ५६ बजे माघ ५ गते



हेलिकप्टर दुर्घटनापछि डाभोस फोरमलाई सम्बोधन गर्दै के भने जेलेन्स्कीले ?

एजेन्सी/किभ । राजधानी किभमा भएको हेलिकप्टर दुर्घटनामा १४ जनाको मृत्यु भएपछि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्धको समयमा कुनै दुर्घटना नभएको  बताएका छन् ।  युक्रेनले रुसी संलग्नता दाबी गरेको छैन तर जेलेन्स्कीले डाभोसमा विश्व आर्थिक मञ्चलाई यो त्रासदी युद्धको परिणाम भएको बताए।

युक्रेनको राजधानी किभ बाहिर एउटा किन्डरगार्टेन नजिकै हेलिकप्टर दुर्घटना हुँदा युक्रेनका गृह मन्त्रीसहित १६ जनाको मृत्यु भएको थियो  । दुर्घटनामा मृत्यु हुनेमा अन्य दुई बालबालिका पनि थिए । घटना लगत्तै अनलाइनमा प्रसारित एउटा भिडियोमा आगलागीले जलेको हेलिकोप्टरभित्रबाट चित्कार सुनिएको थियो । यसैबीच, जेलेन्स्कीले सहयोगीहरूलाई नयाँ रूसी आक्रमण अघि थप हतियारहरू पठाउन आग्रह गरे ।