न्युयोर्क । संघीय अनुसन्धान व्युरो (एफबिआई)ले डेलावार राज्यको विल्मिंगटनस्थित अमेरिकी राष्ट्रपति जो बाइडेनको निवासमा खानतलास गरेको छ । खानतलासका क्रममा एफबिआईले ‘गोप्य’ लेखिएका केही दस्तावेज र अन्य केही कागजात आफ्नो स्वामित्वमा लिएको बाइडेनका वकिलले बताएका छन् ।
केही दिनअघि राष्ट्रपतिका वकिलहरूले मध्यावधि निर्वाचनको केही समयअघि वासिंगटनको पेन बिडेन केन्द्रको पूर्वकार्यालयमा केही गोप्य दस्तावेज फेला पारेको बताएपछि अनुसन्धान गर्न एफबिआई टोली राष्ट्रपतिको निजी निवासमा पुगेको हो ।
बाइडेनले एफबिआईको टोलीलाई स्वैच्छिक रूपमा खानतलासको अनुमति दिएका थिए । विशिष्ट प्रकृतिको खानतलासीमा कुनै समस्या नभए पनि यसले राष्ट्रपतिलाई अप्ठ्यारोमा पारेको छ ।बाइडेन उपराष्ट्रपति रहेका बेलाका ६ वटा गोप्य दस्तावेज विल्मिङटन निवासको पुस्तकालयबाट टोलीले फेला पारेको छ । राष्ट्रपतिले पुस्तकालयलगायत स्थानमा केही नभएको अनुसन्धान टोलीलाई बताएका थिए । यसैबीच, घन्टौँ लामो खानतलासीका क्रममा गोप्य लेखिएका ६ वटा दस्तावेज एफबिआइले आफ्नो नियन्त्रणमा लिएको राष्ट्रपतिका निजी कानुन व्यवसायी बब बउरले जानकारी दिए ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ