काठमाडौं, ११ माघ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराज जम्कट्टेलले आफ्नो मन्त्रिपरिषदलाई पूर्णता दिएका छन् । ११ सदस्यीय मन्त्रिपरिषदलाई उनले बुधबार बाँकी मन्त्री नियुक्त गरेर पूर्णता दिएका हुन् ।
उनले बुधबार नियुक्त गरेका मन्त्रीहरुले प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट पद तथा गोपनीयताको शपथसमेत लिइसकेका छन् । जम्कट्टेलको मन्त्रिपरिषदमा एमालेका जगन्नाथ थपलिया आर्थिक मामिला तथा योजना मन्त्री, केशवप्रसाद पोखरेल कृषि तथा पशुपन्छी विकास मन्त्री, एकालाल श्रेष्ठ श्रम रोजगार तथा यातायात मन्त्री, रामेश्वर श्रेष्ठ स्वास्थ्य मन्त्री बनेका छन् ।
यस्तै माओवादीका युवराज दुलाल भौतिक पूर्वाधार विकास मन्त्री र कुमारी मोक्तान सामजिक विकास मन्त्री बनेका छन् । मुख्यमन्त्री जम्कट्टेल पनि माओवादीकै हुन् ।
यस्तै बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका गंगानारायण श्रेष्ठ आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका छन् ।राप्रपाका उद्धव थापा खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्री, डम्बर तामाङ पर्यटन, उद्योग तथा सहकारी मन्त्री र राजु विष्ट वन तथा वातावरण मन्त्री बनेका छन् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ