सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ७ बैशाख २०८३ / Monday, 20 April 2026

खाडागाउँका अग्निपीडितका घर प्रदेश सकारले बनाइदिने : मुख्यमन्त्री शाही

प्रकाशित समय: शनिवार, ०७ : २२ बजे पुष १४ गते



खाडागाउँका अग्निपीडितका घर प्रदेश सकारले बनाइदिने : मुख्यमन्त्री शाही

कालीकोट, १४ पुस  : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कालिकोटको, पलाता गाउँपालिका खाडागाउँका अग्निपीडितको घर प्रदेश सरकारले बनाइदिने बताउनुभएकोे छ ।

 

नेपाल कम्युनिष्ट पार्टी(नेकपा), कालिकोटको पार्टी कार्यालय उद्घाटन गर्न कालिकोट पुग्नु भएका मन्त्री शाहीले जिल्ला विपत् व्यवस्थापन समितिको बैठकमा यस्तो बताउनुभएकोे हो ।

 

मुख्यमन्त्री शाहिले पीडितको आवास निर्माणका लागि नमुना नक्सा, प्राविधिक सहयोगका साथै प्रति घरपरिवार रु पाँच लाख आर्थिक सहयोग गर्ने निर्णय प्रदेश सरकारले गरेको जानकारी दिनुभयो ।

 

पलाताका धेरैजसो घरहरु खरले छाएको हुनाले फेरि पनि यस्ता खालका विपत् आइलाग्ने हँुदा खरले छाएका जति घरहरु छन्, सबै घर परिवारलाई कर्र्कटपाता वितरण गर्ने उहाँको भनाइ छ ।

 

बैठकमा प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले आगलागीबाट मानवीय क्षति नभएपनि वासस्थान नष्ट हुँदा चिसो मौशममा बालबालिका वृद्धवृद्धा र महिला बढी प्रभावित भएको बताउनुभयो ।

 

क्षतिको अनुमान गर्दा रु तीन करोड, छ लाख ३३ हजारसम्म क्षतिको अनुमान गरिएको पनि प्रमुख जिल्ला अधिकारी कार्कीको भनाइ छ ।