एजेन्सी । टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार गएको भूकम्पमा ज्यान गुमाउनेको सङ्ख्या २३ हजार नाघेको छ । अझै दशौँ हजार जना घाइते भएका छन् । टर्कीको विपद् व्यवस्थापन निकायले अन्तर्राष्ट्रिय सहायताका निम्ति अपिल गरेको छ । भुकम्पबाट टर्कीमा मात्रै १८ हजार नौ सय ९१ जना तथा सिरियामा तीन हजार तीन सय ७७ जनाले ज्यान गुमाएका उद्धारकर्मीहरूले जनाएका छ्न् । विश्व बैंकले एक अर्ब ७८ करोड अमेरिकी डलर राहत सहायता उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ । संयुक्त राष्ट्रसंघले टर्कीका भूकम्पपीडितका लागि थप आर्थिक सहायता उपलब्ध गराउन अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ