बर्दिवास, १५ पुस महोत्तरीको बर्दिवास जिल्लाकै पहिलो बालश्रममुक्त नगरपालिका घोषणा गरिएको छ ।
बर्दिवास नगरपालिकाले आज बर्दिवास चोकमा आयोजना गरेको खुला समारोहमा महोत्तरी–१ ‘क’ बाट निर्वाचित प्रदेशसभा सदस्य शारदा थापाले नगरपालिका क्षेत्र बालश्रममुक्त भएको घोषणा गर्नुभयो ।
समारोहलाई सम्बोधन गर्दै प्रदेशसभा सदस्य थापाले आफ्नो स्थानीय तहमा यहाँका जनप्रतिनिधि, कार्यालयका कर्मचारी र साझेदार सहयोगी संस्थाको निरन्तरको मेहनतले नगरपालिका जिल्लाकै पहिलो बालश्रममुक्त घोषणा हुन सकेको बताउनुभयो ।
समारोहमा नगरप्रमुख विदुरकुमार कार्की, उपप्रमुख कृष्णमाया गौतमसहित जनप्रतिनिधि, नगरको शिक्षा तथा सामाजिक विकास शाखाका प्रमुख, नगरपालिकाका सहयोगी साझेदार संस्थाका प्रतिनिधि र समारोहमा सरिक सबै सहभागीले नगरपालिकालाई बालश्रममुक्त गर्ने प्रतिबद्धता जनाए ।
कूल ६४ हजार जनसङ्ख्या नगरपालिका क्षेत्रमा गत मङ्सिरमा अनुगमन गरिँदा १७८ बालश्रमिक भेटिएका थिए । ती सबै बालबालिकालाई अभिभावकको जिम्मा लगाई पठनपाठनको व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो । जिल्लामा दश नगरपालिका र पाँच गाउँपालिका रहेको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ